संविधान दिवसमा इटहरीमा अपाङ्गता भएकाहरुलाई सहयोगी सामाग्री वितरण अभियान प्रारम्भ

इटहरी । संविधान दिवसको अवसरमा इटहरी उपमहानगरपालिकाका अपाङ्गता भएकाहरुलाई सहयोगी सामग्री वितरण अभियान आरम्भ गरेको छ ।

इटहरी उपमहानगरपालिकाले झण्डोत्तोलन र अपाङ्गताभएकाहरुलाई सहयोगि सामग्री वितरण गरेर संविधान दिवस मनाएको हो । इटहरी गोल चौकमा उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले झण्डोत्तोलन गर्नुभयो ।

त्यसअघि उपमहानगरपालिकामा आयोजित कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले अपाङ्गताभएकाहरुलाई सहयोगी सामग्री वितरण अभियानको शुभारम्भ गर्नुभएको थियो ।

आज सुरु भएको अभियान अन्तर्गत विभिन्न वडाहरुमा गरि ३ सय ९३ जना अपाङ्गताभएकाहरुलाई सहयोगी सामग्री वितरण गरिने जानकारी दिनुभयो ।

सामाजिक विकास समितिका संयोजक इटहरी वडा नम्वर ४ का अध्यक्ष चन्द्र भट्टराईले इटहरी उपमहानगरपालिकामा सञ्चालित अपाङ्गता रोकथाम तथा पूर्नस्थापना कार्यक्रमले अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई जीवन जीउने क्रममा सहजता पुगेको वताउनुभयो ।

प्रमुख प्रशासकीय अघिकृत सूर्य सुवेदीले सहयोगी सामग्रीहरु ह्विलचेयर, वाकर, सेतो छडीलगायतका सहज हुने विश्वास ब्यक्त गर्नुभयो । कार्यक्रममा उपमेयर आत्मनिर्भर कार्यक्रम अन्र्तगत २ जना ब्यक्तिहरुलाई उपमेयर लक्ष्मी गौतम र वडाध्यक्ष चन्द्र भट्टराईले सिलाई मेशिन समेत प्रदान गर्नुभयो ।

Back to top button