भोलि एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा भोलि दिउँसो १ बजे स्थायी कमिटी बैठक बस्ने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बाउनुभयो ।

बैठकमा १५–१७ असोजमा हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलिका लागि तय भएको हो ।

Back to top button