व्यवसाय सीप विकास तालिम सम्पन्न

विराटनगर । सुनसरीको बराहक्षेत्रमा व्यवसाय सीप विकास तालिम सम्पन्न भएको छ ।

साझा सवालका लागि साझा मञ्च (कोकन) को आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजित तालिममा बर्जु गाउँपालिका, दुहबी नगरपालिका तथा बराहक्षेत्र नगरपालिकाका १५ जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण कमला न्यौपाने, पशु प्राविधिक रुप नारायण मेहता तथा कोकन का कार्यक्रम संयोजक हेमन्तराज पौडेलले गर्नु भएको थियो ।

तालिमका सहभागिहरुले बंगुरपालन र होटल व्यवसाय गर्ने कार्य योजना समेत निर्माण गरेका थिए । तालिम भदौ २९ देखि असोज २ गते सम्म आयोजना गरिएको कोकनका कार्यक्रम संयोजक पौडेलले बताउनुभयो ।

Back to top button