न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन डा.गोविन्द केसी अमेरिकामा

काठमाडौं ।डाक्टर गोविन्द केसी अमेरिका पुग्नुभएको छ । विश्व शान्ति, सद्भाव र समानताका लागि संयुक्त राष्ट्र संघको कार्यालय न्यूयोर्कमा आयोजना गरिने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन केसी अमेरिका पुग्नुभएको हो ।

सोलिड्यारिटी फर डा.केसी एलाइन्स फर अमेरिकाका संयोजक सामाजिक अभियन्ता शिव प्रकाशका साथ उहाँ अमेरिकाको बोस्टन शहर पुग्नुभएको छ ।

२१, सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको महासभा बस्ने दिन विश्वमा फैलिएको द्वन्द, पर्यावरणीय विनाश, सबैका लागि स्वास्थ र शिक्षा तथा कोभिडको खोपका विषयमा विश्वको ध्यानाकर्षण गराउने उदेश्यले राष्ट्र संघको मुख्यालय भवन नजिकैको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न लागेको केसीले विज्ञप्ति मार्फत जनाउनुभएको छ । २० र २१ सेप्टेम्बर दिउसो १ बजे देखि ४ बजेसम्म राष्ट्रसंघको भवन परिसरमा प्रदर्शन गर्न लागिएको हो ।

संयुक्त राष्ट्र संघ न्यूयोर्क कार्यालय अगाडि गर्ने कार्यक्रममा नेपाली समुदाय तथा सबै संचारकर्मीलाई सहभागी हुन आग्रह समेत गरेका छन् ।

Back to top button