बेलबारीका सामुदायिक विद्यालयमा धमाधम बस भित्रँदै

विराटनगर । मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले बिद्यार्थीहरुको सहजताका लागि स्कुल बस सञ्चलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तिन वटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् । जनता माध्यमिक विद्यालय बेलबारी –१ र जनता माध्यमिक विद्यालय बेलबारी –८ ले दुई वटा बस राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत खरिद गरेका छन् भने जनता मावि बाहुनी बेलबारी – ९ले नमुना विद्यालय शैक्षिक सुधार कार्यक्रम अन्तरगत खरिद गरेका हुन् ।

यस्तै बेलबारी – ८ वलुवाईको एक सामुदायिक विद्यालयले भने आन्तरिक कोष बाट आफै खरिद गर्ने लागेको छ । शिक्षा शाखाका प्रमुख भूपेन्द्र कोइरालाका अनुसार बस बिद्यलायले आफै खरिद गरेका हुन् । नगरपालिकाले समन्वय गरेर स्रोत जुटाइदिएपछि विद्यालयहरूले आफै बस खरिद गरेका हुन । सामुदायिक बिद्यालय  प्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्न थालेपछि विद्यार्थीलाई सहुलियत दिनका लागि विद्यालयहरूले बसको सेवा थपेका हुन । बिद्यार्थिहरुको चाप बढेपछि विद्यालय बस सञ्चालनमा ल्याइएको जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक घिमिरेले बताउनुभयो ।
सामुदायिक विद्यालयलाई अझ बढी प्रभावकारी बनाई गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयमा शिक्षक दरबन्दी मिलानदेखि दुई विद्यालयलाई एकीकृत समायोजनसम्मको काम सकिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

शिक्षा क्षेत्रमा व्यापक सुधार आवश्यक देखिएकाले सोहीअनुसार कार्य योजना तयार गरी लागू गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ । शैक्षिक गुणस्तर सुधारका लागि कक्षा ५ को परीक्षा समेत नगरपालिकाले आफै गराइरहेको छ । कक्षा ८ को परीक्षासमेत एसइईको नमुनाअनुसार होम सेन्टरबाहेकको परीक्षा केन्द्र निर्धारण गरी कापी परीक्षणमा समेत कोड–डिको गरी कापी परीक्षण एक तर्का विद्यालयको विषय विज्ञद्वारा परीक्षण गराउने गरिएको शिक्षा शाखा प्रमुख कोइरालाले बताउनुभयो ।

विद्यार्थीहरूलाई विद्यालय  सम्म आउन समस्या देखिएपछि विद्यालयको आन्तरिक कोषबाट बस सञ्चालन गर्न बस खरिद गरी सकिएको धीर नाथ सम्फुल विश्वास माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पङ्कज राजवंशीले बताउनुभयो।

Back to top button