शाखा अधिकृत परीक्षार्थीको प्रश्न :लोक सेवा की रोक सेवा ?

काठमाडौं । शाखा अधिकृतको नतिजाको पर्खाईमा रहेका परीक्षार्थीहरुले ‘लोक सेवा की रोक सेवा’ नारा लगाउँदै आज माइतिघरमा विरोध प्रदर्शन गरेका छन् । परीक्षार्थीहरुले बन्द खामभित्रको आफूहरुको भविष्य तत्काल नतिजा प्रकाशन गरेर सार्वजनिक गर्नुपर्ने माग राखेका छन् ।

सर्वोच्च अदालतको आदेशले लोक सेवा आयोगले अन्तर्वातासमेत लिइसकेका शाखा अधिकृतको नतिजा रोकेकाले परिक्षार्थीहरु विरोधमा उत्रिएका हुन् ।

आयोगले पदपूर्तिका लागि लिएको परीक्षाको अन्तरवार्ता गत भदौ ८ गते सकिएको थियो । तर सर्वोच्चको आदेशको कारण देखाएर नतिजा प्रकाशन गरिएको छैन ।

Back to top button