सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा बजेट पास भएकै दिन पहिरो गएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४ दशमलव २ अंकले घटेर २ हजार ७ सय तल झरेको छ ।

आज साढे ८ अर्ब रुपैयाँको हाराहारीमा कारोवार भएको छ। बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम तरलता अभावको असर सेयर बजारमा देखिएको छ । तरलता अभाव भए पछि बैंकहरुले निक्षेपको ब्याजदर समेत बढाएका छन् ।

आज धेरै सेयर मूल्य घट्नेमा फाइनान्स कम्पनीहरू छन्। गुडबिल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोगेशिभ फाइनान्सलगायतका कम्पनीहरूको १० प्रतिशतले घटेको छ ।

जलविद्यतुमा जोशी हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ। यो कम्पनीको मूल्य १० प्रतिशतले गिरावट आएको हो।

यसैगरी प्रोगेशिभ फाइनान्सको पनि मूल्य १० प्रतिशतले नै घटेको छ भने हिमालयन पावर पार्टनर, घलेम्दी हाइड्रो, माउन्टेन इनर्जीलगायतका कम्पनीको सेयर मूल्य पनि भारी अंकले घटेको छ।

Back to top button