नेकपा एकीकृत समाजवादी समाजवादीको केन्द्रीय समिति बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी समाजवादी पार्टीको केन्द्रीय समिति बैठक भोलि काठमाडौंमा बस्ने भएको छ ।

करीब १ महिनाअघि नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको पार्टीको पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । बुधवारसम्म बस्ने बैठकमा समसामयिक राजनीतिक विषयवस्तु, देशभर संगठन विस्तारका लागि आवश्यक रणनीतिमा छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका विभिन्न विभाग, जनवर्गीय संगठन, सम्बन्धित आयोगका गठन, पुनः गठन, विस्तार तथा सुदृढीकरणका लागि आवश्यक छलफल गरिने बताइएको छ । बैठकमा सरकारलाई सफल बनाउन पार्टीले निर्वाह गर्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक संगठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमा समेत छलफल हुने जनाइएको छ ।

Back to top button