बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवक प्रहरी नियन्त्रणमा

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख मेयर शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने युवक पक्राउ परेका छन् । मेयरलाई मुक्का प्रहार गर्ने गणेश पंगेनीलाई सोमबार साँझ प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका पंगेनीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको डीएसपी मदन कुँवरले जानकारी दिनुभयो

उहाँले सोमबार बिहान बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरमा पहिरो निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि मुक्का प्रहार गर्नुभएको थियो । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलका विद्यार्थी उहाँ अनेरास्ववियू रुपन्देही जिल्ला कमिटी सदस्य समेत हुनुहुन्छ।

पंगेनीमाथि अनुसन्धान गरेर दुव्र्यवहार वा शान्ति सुरक्षासम्बन्धी मुद्दामा कारकाही हुने डीएसपी कुँवरले बताउनुभयो । मेयरमाथि मुक्का प्रहार भएपछि बुटवल उपमहानगरपालिका र एमाले बुटवल उपमहानगर कमिटीले पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

Back to top button