जंगली हात्तीको आक्रमणमा महिलाको मृत्यु

सुनसरी । जंगली हात्तीको आक्रमणले बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी एक महिलाको मृत्यु भएको छ । स्थानीइ ६५ वर्षीया ममनीदेवी खत्वेको मृत्यु भएको हो ।

कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको जंगली हात्तीले स्थानीय रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा ममनीदेवीलाई आक्रमण गरी शरिरको बिभिन्न भागमा कुल्चेर घाईते बनाई हात्ती भागेको थियो । घाईते ममनीदेवीलाई घर ल्याउने क्रममा बााटोमै मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

Back to top button