स्काउटद्वारा अन्तर्राष्ट्रिय शान्ति दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

विराटनगर । अन्तर्राष्ट्रिय शान्ति दिवस विराटनगरमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाल स्काउट प्रदेश नं. १ को आयोजनामा विहान शान्ति र्‍यालिको आयोजना गरियो ।

ट्राफिक चोकबाट शुरु भएको शान्ति र्‍यालि नगरका विभिन्न भागको परिक्रमा गरि सत्यानारायण माविमा पुगेर शान्ति संवादमा परिणत भएको थियो ।

शान्ति संवादको आयोजना भने ओपन स्काउट क्र्यु विराटनगरले गरेको हो । शान्ति सम्वाद प्रतियोगितामा विदिशा भट्टराई प्रथम, अपेक्षा साह द्वितीय र विश्वास घिमिरे तृतीय भएको निर्णायक रहनुभएका सञ्चारकर्मी सुदिप कोइरालाले बताउनुभयो । सम्वादमा ६ जनाले भाग लिनुभएको थियो ।

कार्यक्रममा स्काउटका प्रदेश १ संयोजक रवी खनाल, नवलप्रसाद उपाध्याय, सत्यानारायण माविका प्रिन्सिपल धर्मानन्द खरेल, तथा स्काउटका प्रशिक्षकहरुले शान्ति दिवसको शुभकामना दिँदै स्काउटका सदस्यहरुले शान्तिका दुतका रुपमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरि सत्यनारायण मावि परिसरमा बृक्षारोपण समेत गरिएको छ ।

Back to top button