अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरेको छ । एक कार्यक्रमका बिच नगरपालिकाले आज सामाग्री वितरण गरेको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदी उप प्रमुख ढाका कुमारी पराजुलीले सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
२९ जनालाई ह्विलचियर, ९जनालाई ट्वाइलेट चियर,९ जनालाई हियरिङ एड वितरण गरेको छ । सहायक सामाग्रीहरू पाएपछि आफूहरूलाई आवतजावत गर्न निकै सहज हुने अपाङ्गता भएका व्यक्तिहरुले बताएका छन् ।
शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहजता प्रदान गर्ने उद्देश्यले सहायक सामाग्री हस्तान्तरण गरिएको नगर प्रमुख सुवेदीले बताउनु भयो ।

Back to top button