गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु

गुल्मी। गुल्मीमा पहिरोले घर पुरिँदा घरमा सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुंगा नगरपालिका वडा नम्वर ८ थुम्कामा तिलक परियारको घर माथिबाट पहिरो आई घरको कोठामा सुतिरहेका छोरीहरू २१ बर्षकी भावना परियार र १४ बर्षका जुम्ल्याहा छोरी गंगा जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो।

राती करिब १ बजे घरमाथिबाट पहिरो आई घरको वाल भत्किँदा एउटै कोठामा सुतिरहेका तीनै जनाको पुरिएर मृत्यु भएको र पुरिएका उनीहरुको शब स्थानीय, नेपाली सेना र नेपाल प्रहरीले निकालेको प्रहरीले जनाएको छ ।

मृतकहरुको शवलाई अहिले गुल्मी अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । तिलक परियार, उहाँकी पत्नी र अर्की छोरी सुरक्षित रहेको जनाइएको छ । तिनैजनालाई छिमेकीको घरमा सुरक्षित राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

Back to top button