डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई आजै पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिनुभयो ।

Back to top button