ढलमा खसेर एक बालक बेपत्ता

काठमाडौं । काठमाडौंको कपन स्थित ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता भएका बालककोभने पहिचान खुली नसकेको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–६ र बुढानीलकण्ठ नगरपालिका–१० को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर गतराती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिनु भएको हो।

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

Back to top button