नेपाली कांग्रेसको अधिवेशन तालिका परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसले विभिन्न तहका अधिवेशन तालिका परिवर्तन गर्ने भएको छ । आज बसेको कांग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।

पौडेलका अनुसार असोज ९ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैंअघि सक्ने र बाँकी अधिवेशन दसैंपछि गर्ने सहमति भएको हो ।

यसअघि कांग्रेसले ९ गते पालिका, १२ गते प्रदेश निर्वाचन क्षेत्र, र १५ गते जिल्ला अधिवेशनसहित अन्य अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।

Back to top button