एमालेविरुद्ध ५ दलीय गठबन्धन धेरै दिन टिक्दैन :उपमहासचिव पौडेल

बुटवल ।नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले माधव नेपालको समूह ५–६ महिनाभित्र नेकपा माओवादी केन्द्रमा विलय हुने दाबी गर्नुभएको छ ।

नेकपा एमाले पाल्पाले तानसेनमा गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपमहासचिव पौडेलले प्रचण्डसँग विलय हुनका लागि नेपाल समूहले आधारहरू खोजीका लागि गृहकार्य शुरू गरेको आरोप लगाउनुभयो ।

माओवादी अध्यक्ष प्रचण्डकै निर्देशनमा माधव नेपाल एमालेबाट अलग भएकाले माधव नेपाललाई माओवादीमा आफ्नो हैसियत कायम गरी दोस्रो अध्यक्ष बनेर देखाउन चुनौती दिनुभयो । अहिलेको नेकपा एमालेविरुद्ध ५ दलीय गठबन्धन अब धेरै दिन नटिक्ने उपमहासचिव पौडेलले ठोकुवा गर्नुभयो

माधव समूहले ५ दलीय गठबन्धनमार्फत चुनावमा जाने तयारी गरे पनि नेपाली कांग्रेसले माधव नेपाललाई आगामी निर्वाचनमा सहयोग नगर्ने प्रस्ट रणनीति बनाएको नेता पौडेलले दाबी गर्नु भयो ।

Back to top button