चार सचिवका लागि नौ सह–सचिव प्रतिस्पर्धामा

काठमाडौं । दशैं र तिहारसम्ममा चार जना सचिवले अनिवार्य अवकास प्राप्त गर्न लाग्नु भएको छ । उहाँहरुको अवकासपछि नौ जना सह–सचिवले सचिवमा बढुवाका लागि प्रतिस्पर्धामा देखिनु भएको छ ।

महालेखापरीक्षक कार्यालयका उप–महालेखापरीक्षक बाबुराम गौतम र ईश्वर नेपालले कात्तिक ५ गते, प्रशासनतर्फ युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र प्राविधिकतर्फ नेपाल ट्रष्टको कार्यालयका सचिव राजेन्द्रप्रसाद खनालले यसैसाता अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ ।

उहाँहरुको ठाउँमा बढुवाको सूचीमा नौ जना देखिनु भएको छ । लेखापरीक्षणतर्फमा महेश्वर काफ्ले, बिन्दु विष्ट र वामदेव अधिकारी बरिष्ठताको सूचीमा प्रतिस्पर्धामा हुनुहुन्छ । एक नम्बरमा रहनु भएको काफ्लेको एकल नाम सिफारिस हुने देखिन्छ तर अर्को सचिवका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।

प्रशासनतर्फ रविलाल पन्थ, रामेश्वर दंगाल र मुकुन्दप्रसाद निरौला बरिष्ठताका आधारमा क्रमिक रुपमा प्रतिस्पर्धामा हुनुहुन्छ । लुम्बिनी प्रदेशमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिव पन्थको भाग्य खुल्ने देखिन्छ ।

प्राविधिकतर्फ सहसचिव गोपाल सिग्देल, सुरजुकुमार बैद्य र रामाआधार साह प्रतिस्पर्धामा देखिए पनि उहाँहरुको बढुवा नहुने संवाभना अधिक छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा कार्यरत सचिव देवेन्द्र कार्कीले उत्तः जिम्मेवारी पाउने संभावना उच्च छ । किनकी पराधिकरणको काम सकिन लागिएकोले उहाँलाई व्यवस्थापन गर्नका लागि प्राविधिक सचिवमा बढुवाको सूचीमा रहेका तीनै जना बढुवा हुनबाट बञ्चित हुने संभावना अधिक रहेको छ ।

Back to top button