माधवकुमार नेपाल माओवादीमा विलय हुँदैछ : विष्णु पौडेल

पाल्पा । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा माओवादी केन्द्रमा विलय हुनका लागि एमाले फुटाएको आरोप बताउनुभएको छ ।

तानसेनमा आज जिल्ला कार्यकर्ता भेलामा उहाँले नेपाल केही महिनाभित्रै माओवादी केन्द्रमा विलय हुने आधारहरु प्रष्ट देखिएको बताउनुभयो । ‘माधवकुमार नेपाल फुटेकोमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका केही नेताहरु खुशी भएका छन्,’ पौडेलले भन्नुभयो, ‘कोही खुशी हुँदैमा एमाले कमजोर हुने शक्ति नभएकोमा सबैलाई ढुक्क हुनुहोस् ।’

एमालेविरुद्धको सत्तारुढ गठबन्धन अब धेरै समय नटिक्ने उहाँको भनाई थियो । सत्तारुढ गठबन्धनसँग मिलेर कांग्रेस आउँदो चुनावमा नजाने प्रष्ट देखिएकोले गठबन्धन भत्किने प्रष्ट देखिएको पौडेलले बताउनुभयो ।

Back to top button