बेदुराम भुसाल एकिकृत समाजवादीको महासचिव बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महासचिव बेदुराम भुसाल बन्ने प्रायः निश्चित भएको छ । विहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति जुटेको हो ।

अव बस्ने केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा गरिने बताइएको छ । महासचिवका लागि भुसालसँगै नेताहरु मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, विजय पौडेललगायतका आकांक्षी हुनुहुन्थ्यो ।

एकीकृत समाजवादीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पूर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ ।

Back to top button