१५ महिना आयु भएको सरकारले १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद दिन्छु : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा मन्त्रिपरिषद् विस्तार नभएकोमा कटाक्ष गर्नुभएको छ ।

राष्ट्रियसभा गृहमा आयोजित उपत्यका विशेष कमिटीको भेलामा उहाँले सरकार बनेको ७५ दिनसम्म मन्त्री नभएको भन्दै बाँकी रहेको १४ महिनामा पूर्णता पाए सरकारलाई धन्यवाद दिने बताउनु भयो

उहाँले मन्त्री नै पाउन नसकेको हो कि के हो ? भन्दै प्रश्न गर्नुभयो

“ ७५ दिनसम्म मन्त्री नै छैन । मन्त्रालय छ मन्त्री छैन । सचिवहरूले पुष्पगुच्छा, माला किनेर राख्छन् ओइलाउँछ । मन्त्री आउँदैन । पछि त्यो बिल बेरुजु होला भन्ने डर,” उहाँले भन्नु भयो, “जसको कार्यकाल १५ महिना छैन । अढाइ महिना मन्त्री नै नबनाइकन सकियो । अब यो १४ महिनाभित्र मन्त्री बनाइसक्यो भने धन्यवाद छ सरकारलाई । एउटा काम त गर्‍यो ।

Back to top button