सशस्त्रका १० डीआईजीको सरुवा, प्रदेश १ मा कमल गिरी

काठमाडौं । सरकारले १० जना सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी)को काज सरुवा गरेको छ । कर्णली प्रदेशका डीआईजी अभीकुमार खत्री बाहेक ११ जनाको सरुवा गरिएको हो ।

प्रदेश १ को डीआईजीमा कमल गिरी, प्रदेश २ मा गणेश ठाडा मगर, बागमती प्रदेशमा किशोर प्रधान, गण्डकी प्रदेशमा शम्भु सुवेदी, लुम्बिनी प्रदेशमा कुलबहादुर नेम्वाङ, सुदूरपश्चिम प्रदेशमा दुर्गा भट्टराईको काज सरुवा गर्ने निर्णय गरिएको छ ।

यस्तै, सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा मन्दीप श्रेष्ठ, मानवस्रोत विभाग, सशस्त्र प्रहरी मुख्यालयमा राजु अर्याल, ९ नम्बर बाहिनीमा वंशि दाहाल र सीमा सुरक्षा विभागमा सिपी गौतमलाई पठाएको हो ।

Back to top button