भारत भ्रमणको निम्तो दिएपछि अमेरिकी उपराष्ट्रपति कमला मोदीसँग मक्ख

काठमाडौँ । अमेरिका भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटेपछि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस मक्ख पर्नु भएको छ ।

मोदीले कमलालाई भारत भ्रमणको निम्तो दिएपछि उहाँले खुशी व्यक्त गर्नुभयो भेटमा मोदीले कमलाको प्रशंसा गर्नुभएको थियो ।

मोदीले कमला अमेरिकाको उपराष्ट्रपति बन्नु सबैको गर्व र प्रेरणाको विषय भएको भन्दै प्रशंसा गर्नुभएको थियो ।

भेटमा नरेन्द्र र कमलाबीच कोरोना भाइरस विरुद्धको खोपका लागि भारत र अमेरिकाबीच सहकार्य गर्ने विषयमा छलफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भेटमा व्यापार तथा द्विपक्षीय सम्बन्धबारे समेत कुराकानी भएको छ ।

Back to top button