फिल्मी शैलीमा इन्दिरा जोशीको सरप्राइज इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको र फेसन डिजाइनर शरद केडियाले सरप्राइज इन्गेजमेन्ट गर्नुभएको छ । सगरमाथा आभारमा शिविरमा विहिवार देखि भएको फेसन शोमा भाग लिन जानेक्रममा शरदले फिल्मी शैलीमा घुँडा टेकेर इन्दिरालाई औँठी लगाइदिनुभएको हो ।

पाइलट विवेकले भिडिओ सार्वजनिक गर्दै इन्दिरा र शरदलाई सुखद भविष्यको शुभकामना दिनुभएको छ । यी दुई जनाले केही महीनायता डेट गरिरहेपनि सार्वजनिकरुपमा प्रेमलाई स्वीकार गर्नुभएको छैन ।

‘चौबन्दी चोली अनि रातो घाँघर’ गीतबाट चिन्निु भएकी इन्दिरालाई फिल्म ‘लुट’ को ‘उध्रेको चोली’ गीतले ठूलो ख्याती दिलाएको थियो । त्यसयता उहाँले थुप्रै लोकप्रिय गीतमा आफ्नो आवाज दिइसक्नु भएको छ । उहाँले गाएका ‘ठूली’ को म त मर्छु क्या हो’, ‘कथा काठमाण्डू’ को ‘रातको कुरा’, ‘प्रेमगीत २’ को ‘मोटरसाइकलमा’, ‘मुखौटा’ को ‘एक चोटीमा’ जस्ता फिल्मका गीत चर्चित छन् ।

Back to top button