आईपीएलमा आज बेङ्ग्लोर र चेन्नई खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल मा आज रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा आजको खेल नेपाली समय अनुसार ७ः४५ बजे सुरु हुनेछ । चेन्नई ८ खेलमा ६ जित र २ हार बेहोर्दै १२ अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । आज बेङ्ग्लोरलाई हराए चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा जाने छ ।

साथै ८ खेलमा ५ मा जित र ३ हार बेहोर्दै बेङ्ग्लोर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।त्यसैगरि ९ खेलमा ७ जित र २ हार बेहार्दै १४ अङ्क सहित दिल्ली लिगको शिर्ष स्थानमा रहेको छ । तालिकाको चौथौं स्थानमा कलकत्ता र पाचौं स्थानमा राजस्थान रहेको छ ।

Back to top button