बसको ठक्करले साईकल यात्रीको मृत्यु

विराटनगर । बुढीगंगा गाउँपालिका १ शान्ती चौकस्थित कोशी राजमार्गमा बसको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ । बेलबारी नगरपालिका ८ डाँगिहाटका ५१ वर्षीय देबेन्द्र पन्तको मृत्यु भएको हो ।

विराटनगरतर्फ आउँदै गरेको को१ख ७५४८ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको साईकललाई पछाडीबाट दिएको ठक्करले घाईते पन्तको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

बस र चालक सुनसरीको रामधुनी नगरपालिका ५ का ५३ वर्षीय शिबबहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Back to top button