‘माया पिरेम’मा साम्राज्ञी

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी अब चाँडै नै ‘माया पिरेम’ नामक गीतको भिडियोमा देखिनु हुने भएको छ ।

निर्माताद्वय दिनेश दर्शनधारी र देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले यो गीतमा अभिनय गर्नुहुने भएको हो । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने गीतको भिडियोमा दीपेश सापकोटाको निर्देशन रहनेछ ।

विश्व नेपाली र अस्मिता परियारको स्वरमा रहेको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

माइकल चन्दको कोरियोग्राफी रहने गीतको भिडियो काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिनेछ । भिडियो ट्री मिडियाको अफिसियल युट्युब च्यानलमार्फत एक कार्यक्रमका बीचमा सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

Back to top button