पदाधिकारीलाई महाधिवेशन सार्ने अधिकार कसले दियो ? : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पदाधिकारी र पूर्वपदाधिकारीलाई महाधिवेशन सार्ने अधिकार कसले दिएको भन्दै प्रश्न उठाउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत कोइरालाले भन्नुभयो, ‘पदाधिकारी बैठकमा केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयले प्रवेश पायो भन्ने सुन्नमा आएको छ । महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीहरूलाई कसले दियो ?,’

पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको भन्दै कोइरालाले प्रश्न गर्नुभएको हो । ‘कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन ? आशंका पैदा भएको छ,’ उहाँले भन्नुभयो, ‘यो निर्णय सच्चिनु जरुरी छ ।’

कोइरालाले सँगै वडा अधिवेशन सम्पन्न भएका सबै जिल्लाहरुको अधिवेशन एकसाथ नगरी हिमाली जिल्लाको मात्रै तोक्नुको औचित्य पुष्टि गर्न चुनौति दिनु भएको छ । हिमाली २० जिल्लाको अधिवेशन गर्ने तर सँगै जोडिएका जिल्लाको नगर्नुको औचित्य के हो ? उहाँले पुष्टि गर्न चुनौति दिनुभएको हा ।

Back to top button