गिरीलाई अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को जिम्मेवारी

विराटनगर । नेकपा माओवादी केन्द्र निकटका खेलकुदकर्मीको संगठन अखिल नेपाल खेलकुद महासंघ प्रदेश १ को इन्चार्जको जिम्मेवारी विराटनगरका किरण गिरीले पाउनुभएको छ । यस्तै प्रदेश संयोजकमा सुनसरीका रितेश श्रेष्ठ चयन हुनुभएको छ ।

अखिल नेपाल खेलकुद महासंघको काठमाडौंमा सम्पन्न विस्तारित बैठकले गिरी र श्रेष्ठलाई इन्चार्ज र संयोजकको जिम्मेवारी दिएको हो । बैठकले प्रदेश १ का १४ वटै जिल्लाका इन्चार्जहरु तोकेको छ ।

जसअनुसार ताप्लेजुङमा दावा छिरिङ, पाँचथरमा सुरेश साह, इलाममा गंगाप्रसाद फियाङ, झापामा मदन खड्का, धनकुटामा नयन श्रेष्ठ, तेह्रथुममा प्रेमबहादुर खड्का, संखुवासभामा दिव्यराज बराल रहनुभएको छ ।

भोजपुरमा बाजेन्द्र राई, सोलुखुम्बुमा नाम्गेल शेर्पा, मोरङमा द्वारिका रेग्मी, सुनसरीमा भुपेन्द्र चाम्लीङ राई, उदयपुरमा दिपक थापा, खोटाङमा ध्रुवविक्रम राई र ओखलढुंगामा आङ्दावा शेर्पा इन्चार्ज हुनुभएको छ ।

जिल्ला इन्चार्जहरुको समन्वयमा प्रदेशका १४ वटै जिल्लामा समिति निर्माण गरिने प्रदेश इन्चार्ज गिरीले जानकारी दिनुभयो ।

Back to top button