छुरा प्रहार गरी छिमेकीको हत्या

सुनसरी । ईटहरी उपमहानगरपालिका ३ सुनौलो टोलमा छिमेकीले छुरा प्रहर गरी एक युवकको हत्या गरेको छ । स्थानीय ६२ वर्षीय देवी प्रसाद अधिकारीले छिमेकी २१ वर्षीय राजु थापालाई छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ ।

घरयासी बादबिबाद हुँदा अधिकारीले छातीमा छुरा प्रहार गरि गम्भिर घाईते बनाएका थापाको उपचारको लागी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउना साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटि गई अधिकारीलाई पक्राउ गरिएको छ । पक्राउ परेका अधिकारी समेत घाईते भएकाले प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Back to top button