अध्यादेशविरुद्धको रिटले मन्त्रिपरिषद विस्तारमा ढिलाई : रामकुमारी झाँक्री

विराटनगर । नेकपा (एकिकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेकोले मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताउनुभएको छ ।

लामो समयपछि बल्ल रिट खारेजको प्रक्रियामा अघि बढेपनि मुद्दा बिचाराधिन रहेको भन्दै उहाँले मुद्दाको अन्तिम किनारा लागेपछि मात्रै मन्त्रिपरिषद विस्तारको बाटो खुल्ने बताउनुभयो ।

विराटनगरमा आज सञ्चारकर्मीहरुसँगको कुराकानीमा झाँक्रीले पार्टीको केन्द्रीय कमिटी बैठकबाट कार्य समितिले पूर्णता पाएको भन्दै अब छिट्टै राष्ट्रिय सम्मेलन गरेर पार्टीको दस्तावेजलाई अन्तिम रुप दिने तयारीमा रहेको बताउनुभयो ।

उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै आक्रोश र ईष्र्याका कारण जे पायो त्यही बोलिरहेको आरोप लगाउनुभयो । उहाँले एकिकृत समाजवादीप्रति ओली दिएको अभिव्यक्ति विक्षिप्त मानसिकताको उपज भएको बताउनुभयो ।

झाँक्रीले आफूहरु केही समय मुद्दामा अल्झेकोले बागमति र प्रदेश १ सरकार गठनमा ढिलाइ भएको बताउनुभयो । ‘एकिकृत समाजवादीले वैधानिकता प्राप्त गरेसँगै बागमति र प्रदेश १ सरकार अल्पमतमा परिसकेको छ,’ उहाँले भन्नुभयो, ‘अल्पमतमा परेपछि दुबै प्रदेशका मुख्यमन्त्रीलाई ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनै पर्ने हुन्छ तर मुद्दाले गर्दा दुबै प्रदेशका मुख्यमन्त्रीले ३० दिन सरकारको आयु लम्ब्याउन पाए ।

Back to top button