सभापतिमा प्रकाशमान सिंहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पनि पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । नेता सिंहले पार्टीमा आमूल परिवर्तन ल्याउनका लागि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्ने निष्कर्ष निकालेको बताउनु भयो ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका वडा नम्बर १७ ले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले अवसर पाएर पनि नेताहरुले काम नगरेका कारण पार्टी लथालिङ्ग अवस्थामा पुगेको उल्लेख गर्दै १४ महाधिवेशनले पनि पूरानै नेताहरुलाई नेतृत्व सुम्पिए नेपाली कांग्रेसको हालत प्रजापरिषद्को जस्तै हुने चेतावनी समेत दिनुभयो ।

उहाँले सिंगो पार्टी पंक्तिलाई संस्थागत ढंगले अघि बढाउन पनि आफूले पार्टीको ‘नम्बर वान म्यान’ भएर काम गर्न चाहेको बताउनुभयो । ।

Back to top button