१७ केजि गाँजासहित एक महिला पक्राउ

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका १४ जतुवास्थित एक घरबाट प्रहरीले १७ किलो गाँजासहित एक महिलालाई आज पक्राउ गरेको छ । स्थानीय २५ वर्षीया आरतीदेवी यादवलाई गाँजासहित पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले यादवको घरबाट लुकाई छिपाई राखेको १७ किलो गाँजा बरामद गरेपछि यादवलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button