रुखको हांगा लागेर एक जनाको मृत्यु

विराटनगर । सुन्दरहरैचा नगरपालिका ९ मा रुखको हांगा काट्ने क्रममा सोही हांगाले लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ६३ वर्षीय डिल्ली दर्जीको मृत्यु भएको हो ।

जनचेतना सामुदायिक वनमा शिरिसको रुखको हाँगा काट्ने क्रममा हाँगाले लागेर घाईते दर्जीको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

Back to top button