वाइसीएल बेलबारीमा राई

बेलबारी । मोरङको बेलबारीमा सुदिप राइको अध्यक्षतामा वाइसीएल नेपालको ३७ सदस्य नयाँकार्यसमिति गठन गरीएको छ । नव गठित कमिटिको उपाध्यक्षमा संजिव बुढाथोकि र विप्लव रांजवशि रहनुभएको छ । त्यस्तै सचिवमा समिर सुनवार रहनु भएको छ भने ससहचिवहरुमा सुवास राई,दिप नरायण खवास,किरण राई, नेपाल बहादुर राई रहनुभएको छ । कोषाध्यक्षमा अमृता तामाङ चयन हुनभएको नेकपा माओवादी केन्द्र बेलबारीका सह–सचिव किशोर भण्डारीले बताउनु भयो ।

कार्यक्रम नेकपा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्वर काङमाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । वाइसीएलल जिल्ला सचिव नवीन गुरुङ , केन्द्रीय सदस्य इश्वरि आचार्य,नकेपा माओवदी केन्द्र संयोजक खेम भट्टराई बेलबारी अध्यक्ष परसुराम सुवेदी नगर सह ईन्चार्ज तिलक राई
नगर सचिब लक्ष्मण तामाङ लगायतले नवगठित कमिटिलाइ बधाई दिनु भएको थियो ।वाइसियल जिल्ला निर्वाचन संयोजक तेजेन्द्र दाहालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Back to top button