एनप्याब्सन बिराटनगरमा पराग

विराटनगर । राष्ट्रिय निजी तथा आवासीय बिद्यालय एसोशिएसन नेपाल (एनप्याब्सन) बिराटनगर महानगर कमिटीको अध्यक्षमा बिद्याभुमी सेकेन्ड्रि स्कूलका संस्थापक तथा प्रिन्सिपल पराग ढुंगाना सर्बसम्मत चयन हुनुभएको छ ।

एनप्याब्सनका प्रदेश १ का अध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा एनप्याब्सनको प्रथम महानगर अबिधेशनले ढुंगानालाई अध्यक्षमा चयन गरेको हो । सचिवमा नेशनल बोर्डिङ स्कूलका संस्थापक तथा प्रिन्सिपल मो. सोहेल, कोषाध्यक्षमा मणितारा सृकेन्ड्रि स्कूलका अरुण पण्डित चयन हुनुभएको हो ।

सदस्यमा अरिहन्त बोर्डिङ स्कूलका सपन माझी, मकालु बोर्डिङ स्कूलका पंकज गुप्ता, ग्रिन पिस बोर्डिङ स्कूलका मो. हासीम, शिब बिद्या मन्दिरका बैजनाथ गुप्ता सर्ब सम्मत चयन भएको महानगर अबिधेशन आयोजक कमिटीका संयोजक राजन छाहाराङगले बताउनुभयो ।

Back to top button