चितवनको जित संगै विराटनगरको हार

काठमाडौं । आज सम्पन्न ट्वान्टी क्रिकेटमा चितवनले विराटनगर वारियर्समाथि २ विकेटको जित निकालेको हो भने चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग ईपीएल टी–ट्वान्टी क्रिकेटमा सुखद सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १५२ रनको लक्ष्य चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो । चितवनका लागि राजेश पुलामीले अविजित सर्वाधिक ४३ रनको योगदान गर्नुभयो ।

त्यस्तै, भीम सार्कीले ३० रन बनाउँदा दिलीप नाथले २३ तथा करिम जनतले १८ रन जोडनुभयो । अन्तिम बलमा एक रन बनाउन आवश्यक रहेको अवस्थामा राजेश पुलामीले चौका प्रहार गर्दै चितवनलाई जित दिलाउनु भएको थियो ।

बलिङतर्फ विराटनगरका लागि सिकन्दर राजा र करण केसीले दुई–दुई विकेट लिनु भयो । प्रतिस जिसी, अनिल खरेल र रियन पठानले समान एक–एक विकेट लिनुभयो ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय पारी खेल्नु भयो । ४७ बल खेलेका उनले दुई चौका र सात छक्का प्रहार गर्नुभयो ।

बलिङतर्फ चितवनका लागि सोमपाल कामी, कमल ऐरी, सागर ढकाल र करिम जनतले समान दुईरदुई विकेट लिनुभयो त्यसैगरि साहव आलमले एक विकेट लिनुभयो ।

जितसँगै चितवनले दुई अंक जोडेको छ । विराटनगरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Back to top button