नेपाल आइडलको प्रदेश १ को अडिसन विराटनगरमा

विराटनगर । नेपाल आइडलको प्रदेश १ को अडिसन आज विराटनगरमा उत्साहप्रद रुपमा भएको छ । डिजिटल अडिसनबाट छनौट भएका प्रतियोगीहरु आज भौतिक रुपमा उपस्थित भएर अडिसनमा सहभागि भएका हुन् ।

विराटनगर स्थित मनास्लु होटलमा भएको अडिसनका लागि प्रदेश १ का १४ वटै जिल्लाका गाँउ गाँउबाट १ सय जना भन्दा वढि छनौट भएर अडिसनमा भाग लिन आएका छन् ।

भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन ३१ गते सम्पन्न भएको आयोजक टीमले जनाएको छ । बहुप्रतीक्षित संगीत रियालिटी शो का रुपमा रहेको ‘नेपाल आइडल एपी वन टेलिभिजनबाट प्रशारण हुँदै आएको छ ।

यस पटक आइडलको निर्णायकमा शम्भुजित बाँस्कोटा, सुगम पोखरेल, सुवानी मोक्तान रहनुभएको भने आशिफ शाह र रेश्मा घिमीरेले कार्यक्रम संचालकको भूमिका रहनुभएको छ ।

Back to top button