एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु मच्छरले सिङ्गो हात्ति खाने सपना देखेजस्तै हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्छ भन्नु मच्छरले सिङ्गै हात्ति खाएको सपना देख्नु जस्तै रहेको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको वैठकमा समूहगत छलफलपछि जवाफ दिने क्रममा अध्यक्ष ओलीले एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अभिव्यक्तिको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले पार्टी सरकारबाट हट्दैमा आत्तिनु नपर्ने भन्दै क्षणिकरुपमा धक्का खाएपनि पार्टी सम्हालिएर अगाडि बढेको बताउनुभयो । उहाँले नेकपा एमालेलाई चुनावमा के भनेर भोट माग्ने भन्ने अवस्था नरहेको बताउनुभयो ।

आफ्नो नेतृत्वको सरकारले देश र जनताका पक्षमा असाधारण कामहरू धेरै गरेको भन्दै अध्यक्ष ओलीले भन्नुभयो,‘एउटा पनि काम नगरेकाहरू त चुनावमा जाने भन्दैछन्, हामी किन डराउने ?’

Back to top button