एमाले केन्द्रीय समिति वैठकमा उपमहासचिव भुसालको फरकमत

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा पेस गरेको राजनीतिक प्रतिवेदनमा उपमहासचिव घनश्याम भुसालले फरक मत राख्नुभएको छ ।

केन्द्रीय सदस्यहरूले उठाएको प्रश्नमा जवाफ दिँदै अध्यक्ष ओलीले संसद विघटन सही भएको दाबी गरेपछि भुसालले फरक मत राख्नुभएको हो ।

ओलीको जवाफपछि उपमहासचिव भुसालले संसद विघटन संविधानविपरीत रहेको थियो भन्दै त्यसलाई प्रतिवेदनमा उल्लेख गर्नुपर्ने बताउनुभएको छ । यस्तै, जनताको बहुदलीय जनवाद (जबज) र समाजवाद स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

Back to top button