साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताका लागि खेलाडी छनौट ( को–को परे ? हेरौं सूचिसहित)

काठमाडौं । माल्दिभ्समा हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगिताका लागि नेपाली टीमको घोषणा गरिएको छ ।

आगामी आगामी अक्टोबर १ देखि १६ (असोज १५ देखि ३० गते) सम्म हुने साफ च्याम्पियनसीपका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार २३ सदस्यीय टीम घोषणा गर्नुभएको हो ।

साफको तयारीका लागि हाल कतारमा रहेको २५ जनाको टोलीबाट गोलकिपर विकेश कुथु र डिफेन्डर राजन गुरुङ भने टिममा पर्नुभएको छैन ।

हाल नेपाली राष्ट्रिय फुटबल टिम बन्द प्रशिक्षणका लागि कतारमा छ । टोली उतैबाट माल्दिभ्स जानेछ । साफको तयारीस्वरुप नेपालले आइतबार कतारमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

को को परे टीममा

१. किरण चेम्जोङ (गोलरक्षक)
२. दीप कार्की (गोलरक्षक)
३. विशाल श्रेष्ठ (गोलरक्षक)
४. आशिष लामा
५. अनन्त तामाङ
६. अन्जन विष्ट
७. आयुष घलान
८. विशाल राई
९. दिनेश राजवंशी
१०. गौतम श्रेष्ठ
११ं कमल थापा
१२. मनिष डाँगी
१३. नवयुग श्रेष्ठ
१४. नितिन थापा
१५. पुजन उपरकोटी
१६. रोहित चन्द
१७. सन्तोष तामाङ
१८. सुजल श्रेष्ठ
१९. सुमन अर्याल
२०. सुमन लामा
२१. सुनिल बल
२२. सुरजज्यु ठकुरी
२३. तेज तामाङ

Back to top button