श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ

बांके ।बांकेमा आफ्नै श्रीमती हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
३५ वर्षीया लक्ष्मी रुपा न्यौपानेलाई कुटपिट गरी हत्या गरेको आरोपमा कोहलपुर नगरपालिका ३ भगरीयाका ३४ वर्षीय प्रकाश न्यौपानेलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी हुनुभएको थियो ।

घाइते लक्ष्मीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको कोहलपुर प्रहरीले जनाएको छ ।

Back to top button