दशैंकालागि अग्रिम टिकट बुकिङ खुल्ला, मोबाईलबाटै टिकट काट्न सकिने

काठमाडौं । दशैंमा घरजाने यात्रुहरुलाई लक्षित गर्दै आज देखि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ ।

अग्रिम टिकट काट्नकालागि उपत्यकाका १४ स्थान तोकिएको छ भने यात्रुलाई सहज बनाउन मोबाईल एप र अनलाईनबाट पनि टिकट लिनसक्ने व्यवस्था मिलाईएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी, नेपाल प्रहरी र ट्राफिक प्रहरीबीचको छलफलको आधारमा अग्रिम बुकिङ खुलाइएको हो । यसपटकको दशैंमा उपत्यकाबाट घर जाने यात्रुहरुले असार २७ मा समायोजन भएको नयाँ भाडादर तिर्नुपर्ने छ ।

असार २७ मा सरकारले भाडा समायोजन गर्दै २० देखि २८ प्रतिशतसम्म बृद्धि गरेको छ । यस्तै सरकारले दशैंमा घर जाने यात्रुहरूको सुविधाका लागि ५ दिनका लागि सबै रुट परमिट खुलाउने निर्णय समेत गरेको छ ।

अनलाइनमार्फत टिकट काट्न यातायात व्यवस्था विभागको वेबसाइटमार्फत काट्न सकिन्छ भने ई–सेवा, खल्ती जस्ता मोबाइल एप र विभिन्न बैंकका मोबाइल एपमार्फत पनि टिकट काट्न सकिने व्यवस्था मिलाइएको हो ।

Back to top button