मन्त्रिपरिषद् बैठक बस्दै, दल विभाजन गर्ने अध्यादेश फिर्ता हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आजको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेबारे निर्णय लिने बताइएको छ ।

अध्यादेश निष्क्रिय बनाएरमात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ । बालुवाटार स्रोतले भन्यो, राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता गर्ने निर्णय हुन्छ होला ।

सरकारले नेकपा एमाले र जसपा विभाजनमा सहयोग पुर्‍याई केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगेमा दल विभाजन हुनेगरी अध्यादेश जारी गरेको थियो ।

सोहीअनुसार एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी बनिसकेका छन् ।

अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पुनः विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो ।

Back to top button