इटालियन सिरी ‘ए’लिगमा नापोलीको यात्रा कायमै

काठमाडौँ । इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीको जितको यात्रा कायमै राखेको छ ।

गएराति भएको खेलमा काग्लियारीलाई २–० गोलले हराउँदै नापोलीले लगातार छैटौं जित निकालेको छ ।

नापोलीको जितमा भिक्टर ओसिमहेन र लोरेन्जो इन्सिग्नेले एक–एक गोल गर्नुभयो।

जितसँगै ६ खेलमा १८ अंक जोडेको नापोली शीर्ष स्थानमा यथावत छ । काग्लियारी २ अंकसहित १९औँ स्थानमा रहेको छ ।

Back to top button