लेभोन्तेलाई ३–० गोलले हराउँदै बार्सिलोना

काठमाडौ । गएराति भएको खेलमा बार्सा ३–० गोलले विजयी भएको हो । आफ्नो घरेलु मैदान क्याम्प नाउमा लेभोन्तेलाई हराउँदै बार्सिलोनाले विजय हात पारेको हो ।

मेम्फिस डिपायले खेलको छैटौँ मिनेटमा पेनाल्टीको मद्दतले बार्सिलोनालाई अग्रता दिलाउदै १४ औँ मिनेटमा लुक डि योङले बार्सालाई अग्रता दिलाउनु भयो । घाइते भएका कारण मैदानबाहिर रहेनु भएका अन्सु फाती सब्सिटिट्युटका रूपमा मैदान प्रवेश गर्दै खेलको इन्जुरी समयमा तेस्रो गोल गर्नुभएको हो ।

जीतसँगै बार्सिलोना लिगको छैटौँ स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको रियलभन्दा बार्सा ५ अङ्कले पछि रहेको छ । ६ खेलबाट बार्सिलोनाको १२ अङ्क रहेको छ । यद्यपि, बार्साले रियलभन्दा एक खेल कम खेलेको छ । रियल शनिबार भिल्लेरियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

Back to top button