बलिउडमा २०२३ को रिलिज लाइनअप घोषणा

काठमाडौ ।  कात्तिक ६ गतेदेखि भारतको आर्थिक राजधानी मुम्बइस्थित फिल्म हलहरु खुल्ने भएपछि एकैदिन १४ भन्दा बढी बलिउड फिल्मले प्रदर्शन मिति घोषणा गरेका छन् ।

घरेलु फिल्मलाई चलायमान बनाउन संघर्ष गरिरहेको नेपाली फिल्मलाई बलिउडको यो खबरले उत्साह प्रदान गरेको छ । जसअनुसार असोज २१ गतेदेखि नेपाली फिल्म हलहरु खुल्ने तयारीमा छन् ।

नेपालमा असोज २१ गते हलिउड फिल्म फास्ट एन्ड फ्युरिस ९ रिलिजको तयारीमा छ । नेपाली फिल्महरु असोज २६ गतेदेखि प्रदर्शन हुनेछन् । तीन महीनाभित्र प्रदर्शन हुने फिल्मले असोज २० गते भित्र रिलिज डेट घोषणा गर्नुपर्नेछ ।

बलिउडमा एकैदिन सन् २०२१, २०२२ र २०२३ को रिलिज लाइनअप घोषणा भएको हो । बलिउड व्यापार समीक्षक तरण आदर्शका अनुसार सन् २०२३ सम्मै प्रदर्शन मिति घोषण भएको छ ।

Back to top button