प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक

काठमाडौ । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिहानीको मिरमिरेमा’ सार्वजनिक भएको छ । अम्बिका अधिकारी तिवारीले निर्माण गर्नु भएको गीतमा दीपक शर्माको संगीत, ज्ञानेश्वर तिवारीको शब्द रहेको छ।

सुधीर श्रेष्ठ र उषा उप्रेती अभिनय रहेको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको छ । भिडियोमा आशुतोष अधिकारी एसोसिएट निर्देशक, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र मानकृष्ण महर्जनको छायांकन रहेको छ ।

ज्ञानेश्वर तिवारीले यस अघि ‘मन पराएँ तिमीलाई’ सार्वजनिक गर्नुभएको थियो । आशुतोष फिल्मसले निर्माण गरेको भिडियो डिएआर मुभिजको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

Back to top button