पथरीमा मुक्ति समाज गठन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नेपाल उत्पीडित जातीय मुक्ति समाज गठन भएको छ । पथरी शनिश्चरेमा १० वटै वडाको प्रतिनिधित्व हुनेगरी ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको हो ।

मुक्ति समाज प्रदेश १ का इन्चार्ज खेम नेपालीको प्रमुख आतिथ्यतामा  सम्पन्न भेलाले भीमबहादुर रसाईलीको अध्यक्षतामा ५१ सदस्यीय नगर सम्मेलन आयोजक कमिटी गठन गरेको थियो ।

भेलाले उपाध्यक्षमा फुलमाया दर्जी, सचिवमा केशिका महत (दर्जी), सह–सचिवमा अनिता गदाल बि.क. र कोषाध्यक्षमा जगत नेपालीलाई चयन गरेको छ ।

त्यस्तै उक्त भेलाले गीता पाँचकोटी, श्याम रसाइली, कमला विश्वकर्मा, इन्दीरा सुन्दास, काजिमान खाती, भक्त दर्जी, सीता भूषाल, सरला बिक, गंगा बिक, सरिता शिवा, उर्मीला बिक, नरेन्द्र नेपाली, कुमारी बराइली, फुलमाया गहतराज, विमला दर्जी, लोकबहादुर दर्जी, अञ्जना दर्जीलगायत सदस्यमा चुनिएको छ ।

Back to top button