परराष्ट्र मन्त्री खड्काले लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्रीमा नियुक्त गरेपछि असोज ६ गते खड्काले राष्ट्रपतिबाट शपथ लिनुभएको थियो ।

कानुनले परिकल्पना गरेको कुनै ढाँचा बिना असंवैधानिक तवरले गराइएको शपथ बदर गर्न माग गर्दै अधिवक्ता विशाल न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको हो ।

उहाँको रिट दर्ता भइसकेको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिनुभयो

उहाँले शपथसम्बन्धी कानुन निर्माण नगरी कसैलाई मन्त्रीको हैसियतमा सपथ नगर्न÷नगराउन आदेश पनि माग्नु भएको छ

यो मुद्दाको अन्तिम टुंगो नलागेसम्मको लागि मिति २०७८।०६र०६ मा नियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई परराष्ट्र मन्त्रीको हैसियतमा संविधान बमोजिम कानुन बनाई सपथ ग्रहण नलिएसम्म मन्त्रीको हैसियतले काम नगर्नू ÷नगराउनू र संविधानको धारा ८० बमोजिम संघीय कानुन निर्माण नगरी कसैलाई पनि मन्त्रीको हैसियतले सपथ ग्रहण नगर्नूर नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ,ु रिटमा उल्लेख छ।

Back to top button